ताजा अपडेट

नकारात्मक टिप्पणी नगरिदिनुहोस, हेर्दा हेदै रंगशाला ठड्याउँछु–धुर्मुस

काठमाडौं माघ २० । धुर्मुस–सन्तुली फाउन्डेशनमा उठेको रकमलाई लिएर विभिन्न शंकाका सूई चलिरहेका बेला गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हरेक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने घोषणा सीताराम कट्टेल धुमुर्सले गरेका छन् ।

आइतवार गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शुभारम्भ गर्ने क्रममा धुर्मुसले प्रत्येक हिसाव १५/१५ दिनमा सार्वजनिक गर्ने बताए । रंगशाला निर्माणका लागि सहयोग गर्ने ब्यक्तिको नाम पनि धुर्मुस सन्तुली फाउन्डेशनको वेभसाइडबाट सार्वजनिक गर्ने बताए । ‘यो पवित्र काममा सहयोगीहरुले गरेको सहयोग रकम र खर्च विवरण हामी सार्वजनिक गर्नेछौ’ धुर्मुसले भने ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाले जनता र सरकारलाई जोड्ने बताए । उनले पवित्र काममा नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेका छन् । ‘नकारात्मक टिप्पनी नगरिदिनुहोस् हेर्दा हेर्दै अन्तराष्ट्रिय रंगशाला ठडिनेछ’ धुर्मुसले भने ‘एउटा घर बनाउन कति गाह्रो हुन्छ, रंगशाला बनाउने कुरा चानचुने छैन, मलाई भूकम्प त अहिले पो गइरहेको छ । तरपनि म खुट्टा कमाउने पक्षमा छैन ।’

धुर्मुसले डोजरमा बसेर निर्माणका काममा थालनी गरेका छन् । डोजरमा बसेर निर्माण कार्यको थालनी गर्दा आफु कलाकार मात्र नभई चित्रकार पनि भएको बताए । ‘म कलाकार मात्र हैन, चित्रकार पनि हुँ, कतिपय विषयमा डिपीआर पनि मलाई चाहिदैन ।’

(Visited 54 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *