गाउँ घरको सम्झनामा…

काठमाडौं २९ माघ ! सबैको लेखान्तमा एउटै कुरा लेखिएको हुन्थ्यो भने सायद कोही परदेश कोही स्वदेश हुनु पर्ने थिएन होला । केही गर्छु भन्ने सपना सबैमा हुन्छ तरपनि गाउँ घरमै बसेर घर परिवार साथिभाई सँग रमाएर सपना पूरा नहुने भएपछि हामी बिदेशिन बाध्य हुन्छौं ।

जब मनभरी सपना बोकेर एक युवा गाउँ घर पाटी पौवा अनि साथीसंगि सँग बिदाईको हात हल्लाउदै टाढिन् बाध्य हुन्छ ।
त्यो पल………… कस्को आँखा रसाउँदै मुटु भक्कानिदैन होला तर के गर्नु बाध्यता हो।

गाउँघर छोडेको पीडा सेलाउन नपाउँदै राजधानीमा दलालहरुको अनेकथरी रंगीचंगी कुरा सुन्नु पर्छ , एकछिनको लागि त हामिले कसम गाउँ घर भुलिदिन्छौं ती दलालहरुको कुरा सुनेर तर के गर्नु भनाइ र व्यबहारमा आकाश पतालको फरक हुन्छ ।
दलालको घेराबाट मुक्ति हुँदै हरियो पाना पासपोर्ट हातमा पछाडि सानो झोला , झोलमा ममिले भोक लाग्ने बेला खानु है भनेर हालिदिनुभएको खाजा बोकेर विमानस्थलको गेटमा पुग्न नपाउँदै एउटा भागेर हिडेको कैदीलाई जस्तो गिद्धेनजर लगाउन सुरु हुन्छ । उफ…………

बल्लतल्ल छिरिन्छ ती एयरपोर्टको ढोकाहरुबाट अनि सुरु हुन्छ संघर्षको कालो दिन… तातो हावा ,तातै पानी …… सबै अपरिचित ब्यक्तिहरु कस्लाई बोलाउने कति त बिदेशीनै हुन्छ भाषा नजानेपछि कसरी बोलाउनु एकदुई जना नेपाली बोलेको दाजुभाई देख्छु तर बोलाउँदा पनि हातले चस्मा मिलाउदै कुनै प्रतिउत्तर आउदैन…… अरे यार कस्तो नेपालीपन कस्तो एकता पराई मुलुकमा अलपत्र परहेको एक नेपालीले बोलाउँदा पनि नबोल्ने ……

संघर्षको ती कालो दिनहरु सुरु हुँदै जान थाल्यो काम गर्दै गए सफलता हरु मिल्दै गायो भाषा हरु पनि धेरै सिके विडम्बना जुन दिन म सँग नबोल्ने दाजु भाइ मैले काम गर्ने कम्पनीमा काम गर्ने रहेछ , मलाई देखेपछि गललल हासे अनि कानेखुसी गर्न लागे तर म नबोली बसिरहे , दिनहरु बित्दै गए एकदिन म त्यहि कम्पनीको सुपरभाइजर बने मेरो काम थियो ती मलाई घृणा दाजु भाइ हरुलाई काम लगाउनु पर्ने … तर मैले कहिले नराम्रो नियतले सोचिन मलाई हिजो कति दुखेको थियो अरुलाई पनि त्यस्तै दुख्छ भन्ने लागेर सबैलाई सबैलाई समान व्यवहार गर्दै गए ……… भोलि कसैले देखेको छैन त्यसैले सकिन्छ सहयोग गरौ सकिँदैन पराई देशमा कसैलाई घृणा नगरौ …

धन्यवाद !

लेखक : असफल यात्री मुस्कान

(Visited 140 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *