ताजा अपडेट

पशुपति शर्मालाई दिने पैसा विकासमा लगानी गर्नुस् ! गीत माथि राजनीति नगर्नुस् | प्रमोद खरेल

काठमाडौं ६ फाल्गुन

चर्चित गायक तथा सर्जक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट नेपालमै हो छुट” सामाजिक सञ्जालमा चौतर्फी चर्चा र बिबादहरु आएपछि । फेसबुक मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीत युट्युव बाट हटाएपछि आजको सांसद बैंठकमा पनि  आवाज उठेको छ ।

गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

यहि बिषयमा चर्चित लोक प्रिय गायक प्रमोद खरेलले आफ्नो अफिसियल फेसबुक मार्फत कांग्रेस सांसद माथि आक्रोश पोखेका छन् ।

गायक प्रमोद खरेलको स्टाटस जस्ताको तस्तै :

‪पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध‬

“‪त्यो पैसा आफ्नो क्षेत्र का विकासमा थप्नुस , जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस‬

‪कर्म गर्नुस, गीत माथि राजनिती नगर्नुस “

(Visited 287 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *