ताजा अपडेट

स्वर्गमा नि रवि भएरै बॉचिराख है, अल्विदा रवीन्द्र दाइ……

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जन्मस्थान पोखरामा अन्तिम बिदाई हुँदै गर्दा लोक प्रिय गायक प्रमोद खरेलले मन्त्री अधिकारीको टुइटरको फोटो राख्दै भावुक स्टाटस लेखेका छन् ।

पोखरामा हुन गइरहेको प्रमोद खरेल एकल साँझमा धित मर्ने गरि गीत सुनाउने चाहाना अधुरै रहेको लेख्दै खरेलले पनि अन्तिम बिदाई गरेका छन् मन्त्री रवीन्द्र अधिकारीलाई ।

यस्तो छ गायक प्रमोद खरेलको स्टाटस :

पोखराको आकाशमा अहिले धुवासँगै बिलिन हुदैछौ,तर तिम्रा सपनाहरु कहिल्यै बिलिन नहुन। संगीत र कलालाइ ह्रदयदेखि माया गर्ने त्यो बानी बिछट्ट थियो। अनि संगीतकर्मी को एउटा अभिभावक। छोटो समयमा कला र कलाकर्मी को लागी गरेका योगदानले सारा संगीत जगत नतमस्तक थियौं।

तर त्यो जीन्दगीको तार चुडिए सँगै , चैत्र २२ गते पोखरामा हुने प्रमोदखरेल सॉझमा धीत मरुन्जेल गीत सुनाउने योजना पनि यहि चुडियो।तर मन र भावना चुडिने छैन,स्वर्गमा नि रवि भएरै बॉचिराख है,
अल्विदा रविनदाइ……

(Visited 55 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *