प्रितम आचार्यको अर्को धमाकेदार प्रस्तुति, फेरि पाए १०० % (भिडियो)

काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइ रहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुति ले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्। यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ।

प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको देख्न सकिन्छ । प्रोमोमा देखिए अनुसार प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गायन रियालिटी शो को टप १५ मा परि सकेका प्रितमले पहिलो राउन्डमै १००% मा १०० % पाएका थिए। उनले गत हप्ताको प्रस्तुतिमा पनि १०० % नै पाएका थिए। उनले प्रस्तुति दिएको एपिसोड आइतबार बेलुका ९:१५ मा प्रसारण हुनेछ।

उनका धेरै गीत तथा कभर गीतहरु य़ुटुबमा प्रशस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रितम संगीत र पढार्इलाई सँगसँगै लागिरहेका छन् । आधुनिक, शास्त्रीय दुवै कसिमका संगीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाज ले जोसुकैलाई भावुक बनाइदिन्छ । हेर्नुस् प्रोमो।

(Visited 268 times, 2 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *