ताजा अपडेट

यस्तो कारणले भावुक हुँदै छाेडे राजु मास्टर र बल्छी ध्रुवेले मेरी बास्सै, अब नखेल्ने मेरी बास्सै ।

चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’का मुख्य पात्र तथा निर्देशक मरिचमान (बल्छी) र राजु मास्टरले उक्त सिरियल छोडेको घोषणा गरेका छन् । आज फेसबुकमा एक भावुक स्टाटस लेख्दै उनीहरुले मेरी बास्सै छोडेको खुलासा गरेका हुन् ।

आफ्नो फेसबुकमा बल्छी लेख्छन् , एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।

प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ।

हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडाे भन्दा चाडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्नेबाद
बल्छी/राजु। ‘

(Visited 197 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *