सरकार लाई छेउ लाग्न प्रदेशी गायक सुर्य खड्का र सीता श्रेष्ठको यस्तो दवाब…(भिडियो सहित)

नेपाली गित संगीतको आकाश लोकप्रिय नाम हो सुर्य खड्का र सिता श्रेष्ठ । नेपालमा रहेकी सिता र जापानमा रहेका सुर्यलाइ युरोपमा रहेका शिबले जोडेका छन नया गीत लागी हाल छेउ सरकार बाट ।

जनतामा पछिल्लो समय निकै निरासा छाएको छ । सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ । जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।

लोकप्रिय सर्जक शिब अखेलीको शब्द तथा खेम सेन्चुरीको लय सिर्जना रहेको गीतमा राजु मस्टर, रिना थापाको अभिनय रहेको छ । गीतलाइ स्मृति तिमिल्सिनाले उत्कृष्ट निर्देश गरेकी छन ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । समाज परिबर्तनमा यस्ता गीतले निकै महत्त्वपूर्ण भुमिका खेल्ने जानकार हरु बताउछन ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिटले गीतले सबै बाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

सुर्य खड्काको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको सो हाम्रो तर्फबाट पनि सफलाताको शुभकामना ।
अब हेरौ सो गीतको पुरै भिडियो

(Visited 158 times, 3 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *