आईपीएलमा सन्दीपले जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड

काठमाडौं । शनिबार दिल्लीको फिरोज शाह कोटाला मैदानमा आईपीएलको शनिबार दोस्रो खेल घरेलु टोली दिल्ली क्यापिटल्स जित्दा नेपाली स्पीनर सन्दीप लामिछानेले धमाकेदार प्रदर्शन गरे । ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका उनी सो खेलमा स्टाईलिस प्लेयर अफ द म्याचको अवार्डबाट सम्मानितसमेत भए । आईपीएलका कुनै खेलमा सन्दीपले अवार्ड पाएको यो पहिलो पटक हो । उनले अवार्डमा एक लाख नगद (भारु) र ५ ट्रफि पाए ।

दिल्लीका लागि दोस्रो सिजन खेलिरहेका सन्दीपले हालसम्म आईपीएलका दुई सिजनमा गरेर ८ खेलमा १३ विकेट लिएका छन् । सन्दीपले जारी सिजनका ५ खेलबाट ८ विकेट लिएका छन् भने गत सिजनमा ३ खेलमा ५ विकेट लिएका थिए । आईपीएलको आठौं खेलमा उनी अवार्डबाट सम्मानित भएका हुन् । दिल्ली शनिबारको खेलमा ५ विकेटले विजयी भएको छ । किंग्स एलेभेन पञ्जावविरुद्ध १६४ रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेट गुमाएर १६६ रन बनायो ।  दिल्लीका लागि प्रेरणादायी ब्याटिंग गरेका कप्तान श्रेयश अय्यरले विजयी चौका प्रहार गरे । अय्यरले नटआउट ५८ रन बनाए ।

दिल्लीको जितमा ब्याटिंगबाट शिखर धवनले पनि महत्वपूर्ण योगदान दिए । उनले ५६ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रनको उपयोगी इनिंग खेले । जितसँगै दिल्लीले अंकतालिकामा १२ अंक जोडेको छ । र तेस्रो स्थानमा कब्जा जमाएको छ ।

यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावले क्रिस गेलको तुफानी अर्धशतकको सहयोगमा १६३ रन बनाएको छ । पञ्जावले गेलको ६९ रनको सहयोगमा ७ विकेटमा १६३ रन बनायो । आर आश्वीन १६ र हरिप्रीत बारबार २० रनमा नटआउट रहे ।दिललीका लागि सबैभन्दा सफल बलर  नेपालका सन्दीप लामिछाने रहे । उनले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । उनले ओपनर द्वोय क्रिस गेल तथा के एल राहुल र टम कुरनको विकेट लिएका हुन् । यस्तै कागिसो राबाडा र अक्षर पटेलले दुई दई विकेट लिए ।

सन्दीपले  खतरनाख ब्याट्सम्यान क्रिस गेललाई आउट गरेका छन् । उनले यसअघि अर्का ओपनर केएल राहुललाई पनि आउट गरेका थिए । आफ्नो दोस्रो ओभरमा लगातार चार चौका प्रहार गरेका गेललाई सन्दीपले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा गेललाई सीमा रेखामा क्याच आउट गराए ।यो ओभरको पहिलो बलमा गेलले उनलाई छक्का प्रहार गरेका थिए । दोस्रो बलमा आउट भए । सन्दीपले यो ओभरको अन्तिम बलमा साम कुरनलाई आफैले क्याच गर्दै आउट गर्दै खेलमा तेस्रो विकेट लिएका छन् ।

(Visited 139 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *