‘छक्का पञ्जा २’ ले काठमाडौंका मल्टिप्लेक्स हल पाएन…

काठमाडौं, १३ वैशाख । यो शुक्रबार दुई नेपाली फिल्म–छक्का पञ्जा–२ र ‘कालो वर्ष’ प्रदर्शन भएका छन् ।०७४ को दसैँमा प्रदर्शन भएको छक्का पन्जा–२ ले ब्लकबस्टर व्यापार गरेको थियो ।अहिले पुनः प्रदर्शन गरिएको हो । चलचित्रको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।

युट्युबमा सार्वजनिक नगरिएको छक्का पञ्जा–२ को पुनः प्रदर्शनबाट आर्जन हुने रकम समाजसेवामा लगाइने निर्माण पक्षले जानकारी दिएको छ । दर्शकको अत्यधिक मागका कारण छक्का पञ्जा–२ पुनः प्रदर्शन गरिएको निर्देशक निरौलाले बताइन् ।

चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, किरण केसी, बुद्धि तामाङ, आयुष्मान देशराजलगायतका कलाकारको अभिनय छ । दीपकराज, दीपाश्री, शिवहरि, जितु, केदारलगायतले निर्माण गरेको फिल्ममा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान लालायित युवाका विविध पक्ष प्रस्तुत गरिएको छ ।

‘छक्का पञ्जा २’ ले काठमाडौंका मल्टिप्लेक्स हल नपाएको निर्माता गिरीले जानकारी दिएका छन् । चलचित्र सिंगल स्क्रिन थिएटरमा मात्र रिलिज हुँदैछ । हलिउड चलचित्र ‘एभेन्जर्स’ को सिक्वेलका कारण मल्टिप्लेक्स हलले नेपाली चलचित्रलाई शो उपलब्ध नगराएका हुन् ।

त्यसैगरी, लक्षु गौतम निर्देशित ‘कालो वर्ष’ भने नयाँ चलचित्र हो । ०७२ सालमा आएको महाभूकम्पको विषय उठान गरिएको बताइने फिल्ममा ओकेश पनेरू, अनुपा खड्का,

पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मि शाहलगायतका नयाँ कलाकारको बाहुल्यता छ । योगेन्द्रप्रसाद पनेरू, राम र श्याम खड्का निर्माता रहेको फिल्म रामेश्वर हुमागाईंले खिचेका हुन् ।

(Visited 63 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *