खाजा खान दिएको पैसा खुत्रुकेमा राखेर क्रिकेट रंगशाला निर्माणका लागि हस्तान्तरण

जेष्ठ१ /चितवन

भरतपुरको एक निजि विद्यालयकी छात्राले आफुले खुत्रुकेमा जम्मा गरेको रकम भरतपुर महागनरपालिका १६ मा बन्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हस्तान्तरण गरेकी छन् । भरतपुर महानगरपालिका ११मा रहेको ज्ञानदर्शन स्कुलमा कक्षा ४ मा पढ्ने सेजल ढकालले आफ्नो खुत्रुकेमा जम्मा भएको १५ हजार रुपैयाँ आज (मंगलबार) धुर्मुस सुन्तलि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलाई हस्तान्तरण गरेकी हुन् ।

खाजा खर्च कटाएर दुई वर्ष सम्म खुत्रुकेमा जम्मा गरेको पैसा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका दिन तयार भएको उनका बुवा सन्तोस ढकालले जानकारी दिनुभयो । ‘मोबाईलमा मेरी बास्सै खुवै हेर्ने र अनि धुर्मुसलाई खुत्रुकेमा भएको पैसा दिम भनेको किन बाबा भनेर उनले सोधिन्’ उनका बुवा ढकालले भन्नुभयो, ‘क्रिकेट रंगशाला बनाउन भनेपछि उनि खुशी हुँदै राजि भईन् ।’युवा समाज नेपाल नारायणगढले बालबालिकाको लागि सञ्चालित कार्यक्रम ‘बाल विकास खुत्रुके कार्यक्रम’मा आवद्ध भएपछि सेजल ढकालले खुत्रुकेमा रकम जम्मा गर्दै आएकी थिईन् ।

भरतपुर ११ मा रहेको ज्ञानर्दशन स्कुल र पारिजात टोल विकास संस्थाले सयुँक्त रुपमा गरेको कार्यक्रममा एक डेढ दर्जन भन्दा बढि विद्यार्थीले अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि सहयोग हस्तान्तरण गरेका छन् । बाल विकास खुत्रुके कार्यक्रममा संस्थापक अध्यक्ष अशेष दवाडीले १० हजार, विप्रस अधिकारीले दुई हजार ५ सय, कक्षा ५ का छात्र आर्यन क्षेत्रीले १ हजार, कक्षा दुईकी छात्रा आयुसा लामाले ५ सय ५, मन्दिप कुँवरले ५ सय ५० रुपैयाँ सिताराम कट्टेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले खाजा खर्च कटाएर अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरेकोमा विद्यार्थीलाई धन्यबाद दिनुभयो । उहाँले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका भोलिका दिनमा स्कुलले पनि सहयोग गर्नेमा अपेक्षा राख्नुभएको छ । उहाँले प्याप्सन र हिसान संग सहयोगका लागि छलफल भएको भन्दै रंगशाला निर्माण अभियानलाई चितवन बासीले सहयोग आफु विश्वस्त समेत रहेको बताउनुभयो ।

(Visited 112 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *