ताजा अपडेट

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म विश्वकै लामो केबलकार तीन महिनाभित्र निर्माण कार्य सम्पन्न ….(हेर्नुहोस पुरा बिवरण)

काठमाडौँ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ ।

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।

कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ ।

प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिए ।

प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो ।

सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उनले बताए ।

अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँर्दै इन्जिनियर त्वनाबासुले डीपीआर निर्माण कार्य सम्पन्न भएको छ । याे समाचार अाजकाे गोरखापत्र दैनिकमा छ ।

(Visited 287 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *