लोक संगीत पारखी

Just for news and entertainment

Top News राष्ट्रिय खबर समाचार

घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

काठमाडौं / शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिनुभयो ।

उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

(Visited 63 times, 1 visits today)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।