ताजा अपडेट

यो बर्षको अर्को मौलिक र उत्कृष्ट गीत लिएर आए हेमन्त कान्छा र सम्झना – भिडियो सहित

बालापन गीतबाट एका एक चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छा र यो समयकी निकै चर्चित गायिका सम्झना भण्डारीको निकै सुमधुर आवाज रहेको मौलिक तीज गीत बैनि नाचिन भर्खर मात्र सार्वजनिक भएको छ ।

यो बर्ष सार्वजनिक भएको मौलिक गीतको सूचिमा यो गीत पनि एक हो भन्दा केहि फरक नपर्ला । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र भिडियो दमदार रहेको छ ।

गीतको अडियो तर्फ गीतलाई शब्द सिर्जना सपना रसाइलिले गरेकी छन भने गीतको लय सिर्जना गायक हेमन्तलेनै गरेका छन ।

शिव विकले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा सम्झना भण्डारी,हेमन्त कान्छ साथै सम्झनाकी बैनि अस्मिता भण्डारी साथै रेशम फिरिरी,विकास राना लगायतका कलाकारहरुको दमदार अभिनय रहेको छ ।

गीत सुन्न थाले पछि अन्त्य समम सबैलाई बाँधेर राख्छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक तथा सर्जक हेमन्छ कान्छाले आफ्नो विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

त्यस्तै गायिका सम्झना भण्डारीले आफुलाई अत्यन्तै मन परेको सो गीतलाई सक्दो न्याय गर्ने प्रयास गरेको बताउदै गीतले सबैको मन छुनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतलाई पृथ्वी इन्टरटेन्डमेन्डले बजार ब्यवस्थापन गरेको छ । गीतको पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

(Visited 149 times, 3 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *