ताजा अपडेट

चरित्र हत्या भयो भन्दै जुना श्रीसले मानहानिको मुद्दा दर्ता गर्दै।

हिन्दु नारी हरुको महान पर्व हरितालिका तीज नजिकै आएको छ यसै बिचमा कलाकार हरुलाई आफ्नो पस्तुती पस्तुत गर्न तछाड् मछाड् छ। गायिका जुना श्रीस को आवजमा रहेको “सिरैमा गम्छा” नामक तिज गीत केहि दिन पहिले सार्वजनिक भएको थियो ।

गीतमा शब्द हरु एक दमै मन छुने र समय सान्दर्भिक भएता पनी गीतको थम्बेलमा भने अलि कती लापरबाही नै भएको छ गीतको टाइटल एउटा र गीत थम्बेलमा “दुधको मन्टो छुदा” यस्तो राखेर गीत सार्वजनिक गरिएको छ।

एउटा चर्चित गायिको नाम बेचेर यस्तो हुन्छ भने सोच्नु होस् नयाँ आउनी पुस्ता ले के गर्लान प्रतिष्ठान ले कर भन्छ? यो बिषयमा प्रतिष्ठान ले भने अजै केही विज्ञप्ति दिएको छैन।

गायिका सर्जक भन्छन हामीलाई लाजमर्दो नै बनाय हाम्रो इज्जत मा यती ठुलो दाग लाग्यो । यस बिषयमा हामीले यो गीतको गायक रिजन थापा मगर सँग सम्पर्क गर्ने खोज्यौ तर उहाँ सँग सम्पर्क स्थापित हुन भने सकेन् । गायिका जुना श्रीषले सामाजिक सञ्चाल फेसबुक मा एउटा पोस्ट लेख्दै यस्तो भन्नु हुन्छ ।

पढ्नु होस् पुरा ।

नमस्कार म जुना श्रीस मगर गित संगितमा लागेको 14/15 बर्ष पुग्दा अहिले आएर एउटा गित होइन गितको शिर्षक ले गर्दा मलाई लज्जित बनाईराखेको छ हिजो रिलिज हुन बित्तिकै देखि मैले हटाउन को लागि बारम्बार अनुरोध गर्दा पनि उनिहरु अहिले त झन मोबाईल अफ गरि सम्पर्कमा न आएकोले उनिहरुको यो हर्कत नियतबस हो भन्ने लागेर मेरो इज्जत माथी दाग लागेको कारण मनसुन कृयसन का युट्युब वाला Prakash Sapkota र सोही गितका गायक Rijan Thapa Magar विरुद्ध भोलि मेरो मानहानिको मुद्दा दर्ता गर्दैछु।मलाई साथ दिनहुन सबैमा अपिल गर्दै मेरा शुभचिन्तक ज्युहरुमा पर्न गएको असर प्रती क्षमा चाहन्छु।

(Visited 524 times, 4 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *