ताजा अपडेट

तारानाथ को चेली ३ मा के छ ?

लोकप्रीय सर्जक तारानाथ आचार्य को चेली ३ सार्वजनिक भएको छ । चेली भाग एक र दुइ को अपार सफलता पछि चेली ३ सार्बजनिक गरिएको हो । हिन्दु महिलाहरुको महान पर्व तिज पर्व आउन अझै करिब एक महिना बाँकी रहेता पनि कलाकार तथा गितकारहरुलाई भने तिज पर्वले छोएको छ ।

चाड पर्वहरुमा अलि वढि पर्व बिशेष गितहरुमा कलाकारहरुले तिज पर्वलाई मध्यनजर राखेर निकाल्ने गरेका हुन्छन् । चाड पर्वमा ल्याइने गित संगितहरुले त्यसको महत्व र सँस्कृतिलाई चित्रण गरेका हुन्छन् । कलाकारहरुलाई बिशेष गरि गित रेकर्ड सगै म्युजिक भिडियो छायाँङकनले कलारहरुलाई तिज पर्व लागेको छ । सबै जसो कलाकारहरुले तिज पर्वलाई मध्यनजर राखेर गित निकाल्ने गरेका छन् ।

तिज पर्वमा गाईने गितहरु मौलिकतालाई नछोई फरक फरक खालका गितहरु निकाल्ने पनि गरेका छन् । तर यो वर्षको तिज पर्वलाई मध्यनजर राखेर सर्जक आचार्य ले उक्त गीत सार्बजनिक गरेका हुन् ।

सामाजिक संजाल मा चेली १ र २ गरि करिब ५० लाख दर्शक ले हेरेको र उनि हरु को माया ले नै चेली ३ दर्शक सामु ल्याउन प्रेरणा मिलेको आचार्य ले बताए ।

हाम्रो समाजमा हाल नयाँ नयाँ तिजका गितहरु आउने गरेका छन् तर पुराना गितहरु कस्ता थिए कस्ता हुन्थे नयाँ पिडिलाई थाहा छैन् उनले भने ‘कला सँस्कृतिले र चाडपर्वको एक अर्का परिपुरक हुन यिनको संरक्षण गित संगितले पनि गर्दछ् । उनको गितमा अनु पराजुली,दिपक पौडेल, बुद्धि खनाल, माया गिरि, राजु कुमाल, दिपिका छेत्री, कुमार गुरुङ, सागर थापा लगायत ले अभिनय गरेका छन् ।

उनले कला सँस्कृतिलाई जिवन्त राख्न र चेलीलाई निरन्तरता दिन उक्त गित निकालेको बताए । तिज पर्वको मौलिकता संग जोडिएको गित धेरै दर्सक श्रोताबाट मायाँ र सुझाव पाउने उनले बताए । उनले हालै बजारमा ल्याएको गित “नारी” ले पनि दर्शक श्रोता को निकै मन जित्न सफल भएको छ । उक्त गित करिब एक हफ्ता युटुब ट्रेन्डिङ्ग मा रहेको थियो ।

समाज मा घट्ने बास्ताबिक घटनालाई उनले गितमा समाबेश गरेका छन् । तिज पर्वमा नारीहरुले गाउँने यथार्थ भाकालाई उनको गितमा पाउन सकिन्छ । नारी बेदना नारीको यथार्थ भावलाई उनको गितले चित्रण गरेको छ । दिपक पौडेल को शब्द, तारानाथ आचार्य को लय तथा एरेन्ज रहेको गितमा गायिका माया गुरुङ को सुमधुर स्वर रहेको छ । गित को म्युजिक भिडिओ गणेश सापकोटा ले छायांकन गरेका छन् भने सुबाश अमगाई ले सम्पादन गरेका छन् ।

हेरौ म्युजिक भिडियो

(Visited 154 times, 3 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *