ताजा अपडेट

दर्शकहरुले तीजमा यो गीत हेर्नुभएन भने पछुताउनुहुने छ,आज सम्मकै उत्कृष्ट विषयमा आमाबाको पिडा बोकेको गीत पानी मरुवा

दर्शक जतिसुकै हुन तर यो गीत करोड दर्शक बनाउने गीत भन्दा केहीमा पनि कमी छैन, मुटु हल्लाउँने यो गीतले आमा बाको आँसु बोकेको छ .

नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व मध्यको एक हरितालिका तीज अब नजिक आउँदै छ ।

तीजलाई मध्यनज गर्दै धेरै गीतहरु सार्वजनिक भइरहेका छन् । कति गीतहरु छि भन्ने खालका छन् भने कति गीतहरु ठिकै छन् । केही गीतहरु मात्र वाह भन्ने खालका छन् ।

यो तीजमा आज सम्म सार्वजनिक भएका तीज गीत मध्य हामीलाई निकै उत्कृष्ट लागेको गीत यहाँहरुको लागी प्रस्तुत गर्दै छौ ।

गीतको विषय यति गम्भीर र जटील छ कि जुन कुरा पछिल्लो समय सबैको घरघरमा घटिरहेको छ । उमेर ढल्केका बाबा आमा एक्लै घरमा जति छोरा छोरी भए पनि चाडपर्व मा एक्लै ।

गीतको विषय जति गम्भीर छ प्रस्तुत त्यति सरल अनि लय शब्द र आवाज उतिकै दमदार छ । कसैलाई याे गीतनै लाग्दैन यो त वास्तविकता जस्तो लाग्छ । गीतमा अभिनय गर्ने साच्चिकै उमेर गएकी आमा र अभिनयमा उमेर गएका बाले गरेको अभिनय अन्तिम सम्म हेर्दै जादा आँखा रसाउछन् ।

गीतलाई पुरुषोत्तम भण्डारी र लक्ष्मी तिवारीको आवाज र अभिनय रहेको छ भने गीतलाई पुरुषोत्तम भण्डारीले लय तथा शब्द सिर्जना गरेका छन् । गीतको निर्देश समेत भण्डारी आफैले गरेका छन्। ।

यस्ता असली तीज गीतलाई सबैले माया गर्नु पर्छ साथै धेरै भन्दा धेरै दर्शक बनाउनु पर्छ । आउनुहोस् सम्मान स्वरुप गीत शेयर गरौं कलाकारलाई हौसला प्रदान गरौं ।

(Visited 209 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *