गायिका मुना थापा मगरको आज जन्मदिन,को हुन् त मुना ? जानुहोस्

मुुुुस्कान – ‘छोरी भनेपछि हामीले लक्ष्मी भन्ने गरिन्छ’ गाउँघरमा छोरी चेली माथि हुने अन्याय अत्याचारलाई निर्मुल पार्न आफ्नो सुमधुर स्वर मार्फत २०६६ सालमा ‘छोरी’ एल्बम लिएर सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मुना थापा मगरको आज शुभ जन्मदिन परेको छ ।

गोर्खा जिल्ला मनकामना ९ मा जन्मिएकी मुना थापा मगरको पहिलो रेकर्ड भएको गीत ‘केवलकारमा गेट’ हो । उनलाई दर्शक स्रोताले चिन्ने मौका पाएको गीत शिव हमालको शब्द र रामजी खाँडको लयमा रहेको ‘सिमसिम पानी पछ्यौरी भिजायो’ गीतले नै हो । रामजी खाँड र मुना थापाको स्वरमा रहेको देउरालीको भट्टी पसल गीत झनै लोकप्रिय बनेको थियो ।

मुना थापा मगरको नयाँ गीत बजारमा नआएको पनि धेरै भयो कारण हो उनी अहिले नेपालमा छैन, केही समय यता यु.के पुगेकी गायिका थापा अहिलेसम्म नेपाल फर्किएकी छैन । “आशा गरौ छिट्टै दर्शक स्रोता माझ नयाँ कोसेलीको साथ आउनेछिन्।”

गायिका मुना थापा मगर विवाहित हुन्’, ‘भन्ने सोच्नु भएको छ भने, तपाईं भ्रममा हुनु हुन्छ , अहिलेसम्म उनी अविवाहित छिन् । सामाजिक सञ्जालको कुरा गर्नेहो भने सेलिब्रेटी मध्य सबैभन्दा धेरै फ्यान फोलोवर्स बटुल्न सफल गायिका पनि हुन् ।

(Visited 86 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *