शान्ती श्रीको फुलमती चनमतीले कमायो दश लाख… भिडियो सहित

नेपाली लोकदोहोरीमा पछिल्लो समय एक छत्र राज गरिरहेकी लोकप्रिय गायिका शान्ती श्री परियारको तीज गीत फुलमती,चनमतीले छोटो समयमै दश लाख भन्दा धेरेको माया पाउन सफल भएको छ ।

दर्शकको चौतर्फि प्रशंसा सहित गीत सफलताको बाटोमा लम्कीरहेको अवसरमा निमार्ण युनिटलाई हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवादा ।

समाजमा घटिरहेका बिबिध विकृति र विसंगतीलाई चोटिलो प्रहार गरी तयार पारिएको सो गीत सुन्न थाले पछि अन्तिम सम्म सबैलाई बाँधेर राख्छ ।

उत्कृष्ट लय तथा निकै दमदार शब्द सहित तयार पारिएको सो गीतमा नेत्र अर्यालको शब्द सिर्जना रहेको छ भने खेम सेन्चुरी को सुमधुर लय सिर्जना रहेको छ ।

यो गीतमा शान्ती की आफ्नै बैनी ज्ञानु परियारको पनि आवाज रहेको छ । उनले पनि निकै उत्कृष्ट आवाज दिएको छन् भने खेमको पनि आवाज सुन्न सकिन्छ ।

गलबन्दी गीतको चर्चित मोडल अञ्जली अधिकारी र शान्तिका दुई बैनीहरुको अभिनय रहेको सो गीतलाई लोकप्रिय निर्देशक शिव विकले गरेका छन् ।

आफ्ना विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफूहरु आशावादी रहेको गायिका शान्तीले हामीलाई बताउनु भयो ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी । यहाहरुलाई गीत मन पर्यो भने शेयर गर्नु होला ।

(Visited 264 times, 8 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *