गायक रामकृष्ण ढकाल फेरि संकटमा, पाँच करोड ऋण नतिरेको भन्दै सहकारीले निकाल्यो सूचना

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित एक सहकारीले संस्थाले सूचना प्रकाशित गरि पैसा तिर्न ताकेता गरेको छ । सहकारीले ९ वर्ष अगाडि लिएको ऋण नतिरी उल्टै धम्की दिएको भन्दै एक दैनिक पत्रिका मार्फत सूचना नै सार्वजनिक गरि ताकेता गरेकाे हाे ।

ललितपुरस्थित श्रीलालीगुराँस सहकारी संस्थाले ऋण तिर्नुको साटो ढकाल दम्पत्तीले विभिन्न व्यक्ति लगाएर धम्क्याएको पनि आरोप लगाएको छ । ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो । ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ ।

सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् ।

(Visited 146 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *