ताजा अपडेट

चर्चित डान्सर तेरिया मगरको आज जन्मदिन , शुभकामना दिनेको ओइरो

तेरिया फौजा मगर चर्चित डान्सर हुन् । उनले सानो उमेरमा नै धेरै सफलता हासिल गरेकी छिन् । सन् २०१४ मा डिआइडी लिटर मास्टर को उपाधी जितेपछि तेरियालाई अधिकांश दर्शकले चिन्न थालेका हुन् । उनले आफ्नो मात्र नभएर नेपालको नाम नै विश्वभर चिनाउन सफल भएकी छिन् । आज तिनै डान्सर तेरिया मगरको जन्मदिन हो । आजबाट तेरिया १७ बर्ष पुरा भएकी छिन् ।

तेरिया हाल मुम्बईमा नै बसेर अध्ययन गरिरहेकी छिन् । त्यसबाहेक देश तथा विदेशका बिभिन्न कार्यक्रमहरुमा पनि उनी निकै व्यस्तता हुने गरेकी छिन् ।

तेरिया जति राम्रो नाच्छिन्, त्यति नै मिठो गीत पनि गाउँछिन् । उनले केहीसमय अघि नेपाल आएको समयमा सागर आले मगरको यु टयुवमा तिम्रो मायाले बाधेर राख बोलेको गीत कभर गरेकी थिइन् । जसलाई दर्शकले निकै रुचाएका थिए । आज तेरियाको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि तेरियालाई जन्मदिनको यो सुखद अवसरमा धेरै धेरै शुभकामना ।

(Visited 348 times, 4 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *