ताजा अपडेट

यो गीतले आँसु मात्र आँउदैन,नेपालको समाजको पनि प्रतिनिधित्व गर्छ, यो बर्षको उत्कृष्ट तीज गीत पापिनी बुहारी

नेपाली महिलाहरुको महान पर्व हरितालीका तीज आउन अब केहि समय मात्र बाँकी छ । यसै अवसरमा कलाकाहरुले नयाँ/नयाँ तीज गीहरु सार्वजनिक गरिरहेका छन । विगतको तुलनामा यो बर्ष गीत धेरै कम सार्वजनिक भएका छन भने विकृति र विसंगती पनि निकै घटेको छ ।

तीजकै अवसरमा भर्खर मात्र नयाँ तीज गीत पापीनी बुहारी भर्खर मात्र सार्वजनिक भएको छ । यो बर्ष सार्वजनिक भएको उत्कृष्ट तीजको सूचीमा यो गीत पनि एक हो भन्दा अतियुक्ति नहोला । तपाई हाम्रो समाजमा धेरैको घरमा घटिरहेका कथालाई गीतले निकै कलात्मक रुपमा गीत मार्फत प्रस्तुत गरेका छन ।

सतिश अधिकारीको उत्कृष्ट शब्द तथा सुरेश रमण अधिकारीको सुमधुर लय सिर्जनामा तयार पारिएको सो गीतको खोट लगाउने ठाँउनै छैन । गीतमा खुमन अधिकारी,शर्मिला Gurung,सुरेश रमण अधिकारी,सन्ध्या परियारको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ । गीतमा शिव विकले निर्देशन कला प्रस्तुत गरेका छन भने दाह्री वा,रमा थपलिया,केशव सापकोटा र विम्लीको अभिनय रहेको छ ।

गीतलाई एस थ्री केले बजार ब्यवस्थापन गरेको छ । आउनुहोस गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी । मन परे शेयर गर्नुहोला ।

(Visited 1,022 times, 1 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *