ताजा अपडेट

बिष्णु माझी र अर्जुन कुंवरको आँशुको सहर पनी रातारात चर्चामा — भिडियो सहित

एक बर्ष पहिला सार्वजनिक भएर सबैको मन मुटुमा आफ्नो दरिलो स्थान बनाउ सफल गीत आँसुको कारखाना भाग दुई आँसुको शहर पनि चर्चाको चिखरमा पुगेको छ । गीतले सार्वजनिक भएको एक दिनमै एक लाख २५ हजार भन्दा धेरै दर्शक बनाएको छ । भने गीतको चौतर्फि प्रशंसा समेत पाएको छ ।

नेपालकै महँगि गायिका बिष्णु माझी र अर्जुन कुवर ( पित्री बूढो)को आवाज रहेको यो गितमा चर्चित सर्जक गणेश अधिकारीको लय तथा शब्द रहेकोछ।

योग्सना डिजिटल म्युजिक प्रा लि ले बजारमा ल्याएको यो गित अर्जुन कुवर ( पित्री बूढो)र सागर पौडेल को संयुक्त एल्बम हो साथै दिपा टन्डन विशेष सहयोगिको भुमिकामा रहेकी छिन। चर्चित निर्देशक स्मृति तिमिल्सिना( गुरुआमा) ले निर्देशन गरेको यो गितमा आशिर प्रताप जङ्ग, सारिका के सि, सेर बहादुर डि सि, रिहान शन्कर र सागर पौडेलको दमदार अभिनय रहेको छ भने आर्जु कुवरले बाल कलाकारको भुमिका निभाएकी छिन।

सुरेश श्रेष्ठको छायांकन, श्याम मल्लको श्रृङ्गार, र सुजन शाहिको सम्पादन रहेकोछ।उक्त गित अर्जुन कुवर( पित्री बूढो) नामको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएकोछ हेर्नुहोस उक्त गितको भिडियो ।

(Visited 1,098 times, 16 visits today)
Loading...

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *