दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेको पहिलो गीत यस्तो बन्यो !दोहोरीको सबै कलाकार भिडियोमा

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ।कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए।

सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको।कमला घिमिरेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन्।चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुले नृत्य समेत गरेका छन।शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्।भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन।भिडियो अहिले निकै भाइरल भएको छ।गीत हेरौ :

(Visited 1,275 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *