भोली सार्वजनिक विदा…

काठमाडौं । पुस १५ गते अर्थात तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना जारी गर्दै गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।

यो पनि हेर्नुसः अण्डा खाँदा मोटाइँदैन बरु वजन घट्छ !

मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ ।

अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने गर्दछ ।

यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्याउने गर्दछ । चिकित्सकका अनुसार अण्डामा दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा दिएका छन् । अण्डा खानुका फाइदाहरु यस्ता छन्–

वजन घटाउन सहयोगी – कतिपय मानिसमा अण्डा खाए मोटाइन्छ भन्ने गलत मान्यता छ । तर अण्डाले मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोगी भूमिका निभाउने गर्दछ ।

रतन्धोबाट रोक्न – अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई न्यून पार्दछ ।

मुटुरोगमा उत्तम – अण्डाको सेवन उक्त रक्तचाप भएका ब्यक्तिलाई समेत लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनुका साथै मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम समेत कम गर्छ ।

चेतना बढाउन – अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्ने गर्दछ । यि तत्वले मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्दछ ।

(Visited 73 times, 2 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *