कक्रोजको प्रेमिका पहिलो पटक मिडियामा, भन्छिन् हाम्रो भर्खर लभ पर्दैछ

नेपाली हाँस्य टेलिसिरियलहरुमा सर्बाधिक रुचाईएको हास्य टेलिसिरियल भद्रगोल । यहि टिमको मिडियाहब सँगको बिबिध बिबादको कारण अहिले भद्रगोल टिमले सक्किगोनी नामक टेलिसिरियल प्रसारणमा ल्याएको छ । टेलिसिरियलको भिड भित्र छोटो समयमै बेग्लै पहिचान बनाउन सफल लोकप्रिय सिरियल सक्किगोनी मा नयाँ कलाकारहरुको आगमन हुने क्रम बढ्दो छ ।

पुराना कलाकारहरु यथावत रहेतापनि कथा अनुसार सक्किगोनी टिमले नयाँ प्रतिभालाई स्थान दिँदै आइरहेको छ । केही समय अगाडि नयाँ कलाकारको रुपमा भित्रिएको प्रियाना आचार्य रातारात भाइरल बनिन् । मधेसी हाउभाउमा प्रस्तुत भएकी प्रियाना मुन्नी नामले परिचित छिन् । सिरियलको सुरुवाती दिनमा जिग्रिको प्रेमिका बनेर अभिनय गरेकी मुन्नि अहिले बलेको प्रेमिका बनेकी छिन् ।

यहि सिरियलको कारण उनलाई धेरै कामहरुको मौका आईरहेका छन । अब कुरा गरौं गतहप्ताको गतहप्ताको सक्किगोनी सिरियलमा पनि केही नयाँ अनुहारहरु देखा परेका थिए । जसमध्य हरिश निरौला कक्रोज को प्रेमिका बनेर देखा परेकि नयाँ युवती अहिले निकै चर्चामा छिन् । उनी को हुन भन्ने धेरैको मनमा जिज्ञासा पक्कै पलाएको हुनुपर्छ, तर उनी परिचित नै अनुहार हुन् ।

पछिल्लो समय टिकटक स्टार केही म्युजिक भिडियोमा सकेत अभिनय गरिसकेकी उषा उप्रेती हुन्, जो कक्रोजको प्रेमिका बनेर सिरियलमा प्रस्तुत भएकी थिइन् । सिरियलले धेरै कलाकारलाई स्थापित गरिसकेको अबस्थामा उनी पनि त्यो सुन्दर अवसर खोजिरहेकी छिन् ।

के उनले अब सिरियलमा निरन्तरता पाउला त्यो भने आगामी श्रृङखलाहरुले बताउला तरपनि उनको अभिनय धेरैले मन पराएका छन् । सामाजिक सञ्जालहरुमा उनको निकै चर्चामा रहेको छन । यु ट्युवको कमेन्टहरु पनि उन्को पक्षमा आईरहेका छन ।

(Visited 78 times, 1 visits today)

महेन्द्र मुस्कान क्षेत्री

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *