Friday, September 25यहालाई स्वागत छ....

१२ वर्षीया बालिका बलात्कार आरोपमा बालक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ। प्रहरीले नौमूले गाउँपालिका-६ का १६ वर्षीया बालकलाई पक्राउ गरेको हो।

पीडित पक्षले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए। गत वैशाख २७ गते गोठाला गएको बेला बलात्कार भएको बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *