Friday, September 25यहालाई स्वागत छ....

प्रधानमन्त्री ओलीले भने ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्ष लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेका छन् । उनले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको उल्लेख गरेका छन् ।

‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशरि जान बाध्य भए,’ प्रधानमन्त्री ओलीले युवा दिवसमा शुभकामना दिदै भने, ‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि बिदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर छौं ।’

तत्कालिन नेकपा एमाले र माओवादीबीच एकीकरणको बुँदामा जनयुद्ध शब्द राखेर यसले योगदान र उपलब्धि हासिल गरेको उल्लेख गरिएको अवस्थामा प्रधानमन्त्री ओलीले हिंसात्मक द्वन्द्व उल्लेख गर्दै युवा पलायनको कारण भन्नुलाई अर्थपूर्ण मानिएको छ । ओली विगतमा पनि माओवादी जनयुद्धका कटु आलोचक थिए । तर, उनले तत्कालिन माओवादीसँग एकता गरेर सबैलाई आश्चर्यमा पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *