Saturday, December 5यहालाई स्वागत छ....

क्वारेन्टिनका सामानसहित ४० जना फरार : कोरोनाको त्राश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।

भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।

उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । उनीहरुको कोरोना परिक्षण भने गर्न बाँकी थियो, यदी कसैमा कोरोना थियो भने सर्ने डर बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *