Friday, July 10यहालाई स्वागत छ....

जस्टिनले हाले यौन दुर्व्यवहारको आरोपमा मानहानीको मुद्धा, २ करोड डलर क्षतिपुर्ति माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक जस्टिन बिबरले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई महिलाविरुद्ध मानहानीको आरोपमा मुद्दा हालेका छन् । गत हप्ता २ महिलाले आफूमाथि सन् २०१४ र २०१५ मा बिबरले यौन दुर्व्यवहार गरेको भन्दै ट्वीट गरेका थिए ।

बिबरले आरोप अस्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटरसँग कानूनी प्रक्रियाका लागि आग्रह गर्ने बताएका थिए । बिबरले बिहीबार लस एन्जलसमा दुई करोड अमेरिकी डलरको क्षतिपूर्ति मागसहितको मानहानी मुद्दा दायर गरेका हुन् ।

सन् २०१४ को मार्च ९ मा टेक्सासको अस्टिनमा रहेको होटलमा आफूमाथि बिबरले दुर्व्यवहार गरेको आरोप लगाउँदै डानिएल नाम गरेकी महिलाले ट्वीट गरेकी थिइन् । त्यसको जवाफमा बिबरले त्यस बेलाकी आफ्नी प्रेमिका सेलेना गोमेजसँग आफू रहेको जानकारी सहितको आर्टिकलको स्क्रीनसट सेयर गरेका थिए । काडी नाम गरेकी अर्की महिलाले सन् २०१५ को मेमा बिबरले न्यूयोर्कको होटलमा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै ट्वीट गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *