Saturday, August 8यहालाई स्वागत छ....

१६ जना गायक गायिका एकै ठाउँमा, देशभक्ति गीत ‘मेरो देश नेपाल’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : नेपालका १६ जना राष्ट्रिय गायक गायिकाको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।
संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको गीतमा राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समीक्षा अधिकारी, किरण भुजेल र प्रवीण बेडवालको स्वर रहेको छ। गीतमा अम्बिका शर्माको शब्द रचना छ।

अनिता चलाउनेको प्रस्तुतिमा बनेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका छन्। निर्देशक विधान यति बेला धेरै भिडियो निर्देशनमा व्यस्त छन्। नेप्सिने कम्पनी र द डिभाइन म्युजिकको सहकार्यमा भिडियो बजारमा ल्याइएको हो।

भिडियोमा गायक गायिकालगायत गीतकारलाई नै फिचर गरिएको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा रुविना अधिकारीले अभिनय गरेकी छन्। रिलिज गरिएको केही समयमै यो गीतलाई अहिले युट्युबमा रुचाइएको छ।

‘मायालु तिमी कता छौ–२’

पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमी कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्। गज्जब टीभी युट्युब च्यानलमार्फत बिहीबार म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीको छ। स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीले दिएका छन्। म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य र मिक्सिङ श्यामश्वेत रसाइलीको छ। भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन अर्जुन जीसी, कलर श्याम कार्की, कोरियोग्राफी विक्रम स्वाँरको रहेको छ। निर्देशन सरोज ओलीले गरेका छन्।

‘हाम्रो गीत’ सार्वजनिक

डीएआर मुभिजले ‘हाम्रो गीत’ सार्वजनिक गरेको छ। गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जेको रहेको छ भने भुवन बडू, जीवन बडू, पुष्पा बोहरा, स्मृति शाही, विवेक चौलागाईं र माही बडूको स्वर रहेको छ।

जीवन बडूले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। प्रभावन जेको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाईं, अनु पराजुली, रोजी कुँवर, आयुष्मा कार्की, भुवन बडू, जीवन बडू, माही बडू, स्मृति शाही, दीपक कार्की, लक्ष्मण चौलागार्इं, सन्तोष सुनुवार, मुकेश घतानीलगायतको अभिनय छ।

ज्ञानेन्द्र हुमागार्इं उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी र यमुना पाण्डेको शृंगार रहेको छ। विष्णु खड्काले भिडियो सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *