काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’ सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ ।
गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गरिमा शर्माको रोमान्स देख्न सकिन्छ ।
युवराज वाइबाको निर्देशन रहेको र प्रेमकथा बुनिएको भिडियोमा निसल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।