लोक संगीत पारखी

Just for news and entertainment

रोचक खबर

पाइप गाड्न जमिन खन्दै थिए मजदुर, अचानक अनौठो आवाज आएपछि…

एजेन्सी। स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो । यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो ।

त्यसपछि मजदुरहरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १–२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो।यी घडा खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए ।

यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए । जसको मूल्य खर्बौं रुपैयाँ थियो । स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटरभन्दा पनि कम गहिराइमा भेटिएका थिए।सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।

यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।

(Visited 149 times, 1 visits today)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।