लोक संगीत पारखी

Just for news and entertainment

समाचार

पाल्पामा सुत्केरी बोकेको जिप दुर्घटना हुदा पाँच जना को मृत्यु

पाल्पा पूर्वखोला गाउँपालिका–२, जल्पाको रमितापुरमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पूर्वखोला गाउँपालिकाको जल्पाबाट माथागढी गाउँपालिका–८, बहादुरपुर जादै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना भएको हो। घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ३३ की यानीसरा गाहा, वर्ष २४ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ वर्षकी बुमाकुमारी दर्मामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबै माथागढी गाउँपालिका–८, बहादुरपुरका रहेको बताइएको छ। बुमाकुमारी दर्लामी सुत्केरीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो। तीन दिनको बच्चा भने सकुशल नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेहरुमा बहादुरपुरकै सुरेन्द्र मश्राङ्गी, देवसिंह राना र सान्ता रुचाल रहेका छन्।रातीको समय भएको र उद्दारमा समेत अप्ठ्यारो परेको वडाध्यक्ष नीरबहादुर सारुले बताए। जल्पाको रमितापुर भन्ने स्थानमा जीप सडकबाट झण्डै ९ सय मिटर तल खसेको थियो।

(Visited 207 times, 1 visits today)

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

देश बिदेशको ताजा खबर सम्प्रेषण सँगै मनोरञ्जनात्मक कोसेलीहरु ज्ञान बिज्ञानको कुराहरु हाम्रो पाठक हरु सम्म पुर्‍याउन हामि लागि परिरहेको छौ ।   पारखी मिडिया प्रा.ली द्वारा संचालित  यस www.loksangitparakhi.com निरन्तर पाठकको सेवामा लागिपरिरहेको अनलाइन पत्रिका हो ।