Monday, May 25यहालाई स्वागत छ....

प्रवास

विदेशमा शवको सङ्ख्या बढ्दै : परिवारलाई दुई विकल्प
प्रवास

विदेशमा शवको सङ्ख्या बढ्दै : परिवारलाई दुई विकल्प

काठमाण्डौ – कोरोनाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी झापाकी निता चौधरीको शव दुई महिनापछि उतै अन्त्येष्टि गरियो । दूतावासले शव नेपाल लैजान अनुमति पनि दिएको थियो । प्रक्रिया मिल्दै थियो । तर त्यसको दुई दिनपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । निताको मुख हेर्ने परिवारको चाहना पूरा हुन सकेन । दूई महिना कुर्दा पनि जहाज चलेन । शव कहिलेसम्म कुर्ने ? जहाज चल्ने दिन कुर्दाकुर्दै थाकेको निताको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दियो । गएको बिहीबार यूएईमै अन्त्येष्टि भएको हो । रुपन्देहीकी बिनु पराजुलीको मृत्यु भएपछि कोरोनाको कारण ज्यान गएको अस्पतालले पुष्टि गर्‍यो । कोरोनाको कारण ज्यान गुमाउनेका शव नेपाल आउने कुरै भएन । एक त अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि ल्यान मिल्दैन । अर्को, अन्य कारणले ज्यान जानेको शव त ल्याउन नसकेको अवस्थामा कोरोनाको कारण ज्यान गुमाएक
कोरियामा गुम्यो पाँच लाखको रोजगारीः नेपाली पनि प्रभावित
प्रवास

कोरियामा गुम्यो पाँच लाखको रोजगारीः नेपाली पनि प्रभावित

काठमाण्डौ  - कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्क अनुसार गएकाे महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो । यसरी रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन् । प्रायः सबै क्षेत्रमा यसको प्रभाव देखिए पनि विशेषगरी होलसेल तथा खुद्रा व्यवसाय, होटेल, पर्यटन, कृषि प्याकिङ तथा प्याकेजिङ, शिक्षा सेवा, मनोरञ्जन सेवालगायत क्षेत्र अत्याधिक प्रभावित देखिएका छन् । उक्त स्थानमा सामाजिक दूरी तथा सेवा क्षेत्र हेरेर जोखिमयुक्त क्षेत्रमा लगाइएका लकडाउनका कारण रोजगारी गुमेको हो । विभिन्न व्यावसायिक कम्पनीमा कामदारको माग न्यून हुन थालेपछि गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो । यसका साथै उत्पादनमूलक क्षेत्रमा
भारतमा अलपत्र नेपाली भन्छन् : सरकारले हामो दु:खलाई बेवास्ता गर्‍यो
प्रवास

भारतमा अलपत्र नेपाली भन्छन् : सरकारले हामो दु:खलाई बेवास्ता गर्‍यो

भैरहवा : भारतमा रोजगारीका लागि नेपाली मजदुरहरु कोरोना संक्रमणका कारण स्वदेश फर्किने क्रम बढेको छ । स्वदेश फर्किने आशामा मजदुरहरु महिना दिन हण्डर खाँदै पैदलै सीमामा पुगिरहेका छन् । केही दिन यता अलपत्र मजदुरहरुका लागि भारतले रेल चलाउँदा बढी संख्यामा नेपाली मजदुरहरु रेल चढेर पनि सीमामा पुग्न थालेका छन् । रुपन्देहीको सीमावर्ती भारतीय शहर नौतनवा स्थित ८ वटा विभिन्न क्वारेन्टाइनमा शनिबार साँझसम्म नेपाली नागरिकको संख्या ८ सय ५६ पुगेको छ । अझै आउने क्रम जारी छ । क्वारेन्टाइनमा नेपालीहरु खचाखच भरिएका छन् । सबैबीच भौतिक दुरी कायम हुन सकेको छैन । रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीको सीमामा पनि करिब दुई हजार नेपाली अलपत्र छन् । उनीहरुको उद्दार गरेर स्वदेश भित्रयाउनमा सरकार उदासिन देखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये धेरैको अवधि पूरा भइसकेको छ । दिनहुँ सयौँको संख्यामा सोही क्वारेन्टाइनमा नयाँ आगन्त
कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित
प्रवास

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौँ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन् । संयोजक डा साप