Sunday, August 9यहालाई स्वागत छ....

मनाेरन्जन

जब यी सुन्दर खेलाडी एकाएक पोर्न मुभीमा देखिइन्…
मनाेरन्जन

जब यी सुन्दर खेलाडी एकाएक पोर्न मुभीमा देखिइन्…

एजेन्सी- अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पो-र्न मुभिमा देखिएपछि निकै चर्चा भयो । धेरै जना आश्चर्यमा परे । तर वास्तावमा उनि आर्थिक संकटमा परेपछि यस्तो कदम उठाएकी हुन्। उनि आर्थिक अवस्थाका कारण पो-र्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउछिन । सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पोर्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन । ग्रेसीले भनीन मलाई लाग्छ कि म आर्थिक संक-टको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ । यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जाहाबाट उनलाई आय आर्जन हुन्छ । रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन्।
लकडाउनमा कलाकारको सामूहिक ‘न्युड फोटोग्राफी’
मनाेरन्जन

लकडाउनमा कलाकारको सामूहिक ‘न्युड फोटोग्राफी’

वासिंटन : अमेरिकी कलाकार स्पेन्सर ट्युनिक ‘मास न्युड फोटोग्राफ्स’का लागि चर्चित छन् । उनी सयौँ वा कहिले त हजारौँ मानिसलाई सामूहिक रुपमा न्युड फोटोग्राफीमा सहभागी गराउँछन् । प्रारम्भिक चरणमा कानुनी झमेला र विवाद झेले पनि स्पेन्सर अचेल सामुहिक नग्न तस्बिरलाई कलात्मक रुपक प्रस्तुत गर्न माहिर भनेर चिनिछन् । कोभिड १९ महामारीका कारण कलाकार ट्युनिक न्युयोर्कस्थित लकडाउनको जीवन बिताउँदै छन् । रोचक त के भने, लकडाउनकै क्रममा उनले आफ्नो ‘न्युड फोटोग्राफी’बारे भिडिओ कन्फरेन्स गरे । यस क्रममा उनले नयाँ प्रोजेक्ट सुरु गरेका थिए । ‘स्टे अपार्ट टुगेदर’ अर्थात ‘सँगै रहनूस्’ नाम दिइएको उनको यो प्रोजेक्ट पहिले झैँ पूर्ण रुपमा सफल बन्न सकेन । तर चर्चामा रह्यो । जहाँ सयौँ महिला र पुरुष मास्क लगाएर न्युड फोटोग्राफी आर्टमा सहभागी भएका छन् । सहभागीहरुको भिडिओ स्क्रिनसटलाई उनले नग्न तस्बिरको रुपमा प्रस्तुत गर
‘मलाई कसैको पति चाहिँदैन, मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन
मनाेरन्जन

‘मलाई कसैको पति चाहिँदैन, मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन

एजेन्सी - बलिउड अभिनेत्री सनी लियोन बोल्ड सीनका कारण मात्र होइन निडर बयानका कारण पनि निकै चर्चामा आउने गर्छिन् । सनी लियोन प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् । उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् । यस्तो आरोपको पनि सनी लियोेनले जवाफ दिएकी थिइन् । उनले भनेकी छिन्, ‘सबै महिलाहरु १ मलाई कसैको पनि पति चाहिँदैन । मँसँग निकै राम्रो र मलाई धेरै माया गर्ने श्रीमान  छन् ।’ यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छिन् । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छिन् ।
लकडाउनमा ‘पार्टी’ गरेको भिडियो बाहिरिएपछि आलोचना, दीपकराज गिरीले दिए यस्तो प्रष्टीकरण
मनाेरन्जन

लकडाउनमा ‘पार्टी’ गरेको भिडियो बाहिरिएपछि आलोचना, दीपकराज गिरीले दिए यस्तो प्रष्टीकरण

काठमाडौं । कोरोनाको त्रास दिन प्रतिदिन बढ्दो छ । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगिसकेको छ । केही दिनयता शान्त रहेका उपत्यकाबासी मंगलबार फेरि कोरोना संक्रमितका थपिएपछि त्रसित बनेको छन् । सरकारले ५१ दिनयता जारी गरेको लकडाउनको अवधि जेठ ५ गतेसम्म कायम रहनेछ । यो लकडाउनमा सरकारले भोज भतेर, सभासम्मेलन, पार्टी लगायत धेरै व्यक्ति भेला हुने गतिविधिका गर्न समेत निषेध गरेको छ । तर, हाम्रा केही चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँबर, निकिता पौडेल, संचारकर्मी रवि लामिछाने, उत्सव रसाइलीलगायतले भने एकठाउँमा भेला भएर पार्टी गरेका छन् । सामाजिक संजाल मार्फत बाहिर आएको एक भिडियोमा यी कलाकार तथा संचारकर्मीले पार्टी गरेको देख्न सकिन्छ । भिडियोमा सबैजना एकैठाउँ भेला भएर बिभिन्न परिकारमा रमाएका छन् । कोरोनाको त्रासका कारण सरकारले गरेको लकडाउन पालना गर्न व्
निर्माताबाट पीडित शर्लिन- ‘रातको ११/१२ बजे डिनरका लागि बोलाउँथे’
मनाेरन्जन

निर्माताबाट पीडित शर्लिन- ‘रातको ११/१२ बजे डिनरका लागि बोलाउँथे’

मुम्बई : फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन्। यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभव बताएकी छन्। उनले आफ्नो करिअरको सुरुआती दिनका बारेमा बताउँदै कास्टिङ काउचको सिकार भएको खुलासा गरेकी हुन्। चोपडाले करिअरको सुरुआतमा फिल्म निर्माताले खाना खाने बहानामा बोलाउने बताएकी छन्। उनका अनुसार कास्टिङ काउचलाई ‘डिनर’ नामको कोड दिइन्थ्यो। उनले भनेकी छन्, ‘म उनीहरूलाई फिल्ममा कामका लागि आग्रह गर्थें। उनीहरू मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे। उनीहरू रातको ११/१२ बजेतिर डिनरका लागि बोलाउँथे।’ हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुरानासमेत कास्टिङ काउचको सिकार भएको समाचार आएको छ। -एजेन्सी