Monday, May 25यहालाई स्वागत छ....

स्वास्थ्य

कोरोनाको उपचारमा प्रभावकारी रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता
स्वास्थ्य

कोरोनाको उपचारमा प्रभावकारी रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता

काठमाडौं, जेठ १ गते । अमेरिकी औषधि निर्माता कम्पनी जिलिडले कोभिड–१९ विरुद्ध प्रयोग गरिने रेम्डिसिभिर औषधि बनाउन भारत र पाकिस्तानसँग सम्झौता गरेको छ । भारत र पाकिस्तानमा उत्पादन सुरु भए उक्त औषधि विश्वका १२७ देशमा आपूर्ति गरिनेछ । जिलिडले यी दुई देशका पाँचवटा औषधि बनाउने कम्पनीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । विश्वभरिका अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणबाट रेम्डिसिभिर प्रयाेग गर्दा १५ दिन  देखिने सुधारकाे लक्षण ११ दिनमा पाइएको छ । रेम्डिसिभिर यसअघि इबोलाको उपचारका लागि विकास गरिएको थियो । अमेरिकी ‘नेशनल इन्स्टिच्युट अफ एलर्जि एण्ड इन्फेक्शस डिजिज’ले गरेको परीक्षण प्रयोगशालाबाट रेम्डिसिभिरको प्रयोग कोभिड–१९ का सङ्क्रमितमा सुहाउँदो फेला परेको छ । यद्यपि सङ्क्रमणबाट हुने मृत्युमा रेम्डिसिभिरको प्रभावबारे अझै स्पष्ट भइसकेको छैन ।
लकडाउनमा बालबालिकाको समय सदुपयोग गर्ने ८ उपाय
स्वास्थ्य

लकडाउनमा बालबालिकाको समय सदुपयोग गर्ने ८ उपाय

– प्रा. डा. एकारत्न आचार्य  विस्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारणले धेरैजसो देशहरुका बालबालिका पनि घरमै बन्दाबंदिमा बस्नु परेको यो विषम परिस्थिति छ । ल त ल यस समयमा समयको सदुपयोग तथा अध्ययनमा निरन्तरता दिने धेरै उपायहरु छन् केहि सहज कामहरु यसरि अगाडी बढाउन है त नानी बाबुहरू ! १. यस समयमा बालबालिकाले एउटा छुट्टै कापीमा आफ्ना हरेक दिनका अनुभवहरुको संगालो बनाउने र दैनिकी लेख्ने बानीको विकास गरे समयको पनि सदुपयोग र लेखनमा अभ्यास भैरहन्छ । यसबाट आफ्नो जीवनी आफै लेख्ने बानीको विकास हुन्छ र अनुसन्धानमा चलेको विधा अटोईथ्नोग्राफीमा रहेर पछी अनुसन्धान गर्न पनि सहयोग गर्छ । २. नेपाली तथा अंग्रेजीजस्ता भाषाका बिषयमा चिठी लेख्न, निबेदन लेख्न अभ्यास गर्ने र यात्रा सस्मरण लेख्न थाले नि राम्रो हुन्छ । वा आँफुलाई लागेका केहि कुराहरु लेखौ है त ! ३. स्वास्थय सम्बन्धि आफुले जानेका, सुनेका कुराहर