Thursday, October 22यहालाई स्वागत छ....

गीत संगीत

एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’
गीत संगीत

एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’

काठमाडौं । अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहित इनाक्षी इन्टरटेनमेन्टमार्फत गीत बाहिर आएको हो । गीतमा राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर तथा राजेन्द्र थापाको शब्द रहेका छ । गीतमा संगीत पनि गायक शिवाकोटीले नै दिएका छन् । रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ ।
प्रमोदको ‘तिम्रै लागि हो भने’मा पुष्प र गरिमाको रोमान्स
गीत संगीत

प्रमोदको ‘तिम्रै लागि हो भने’मा पुष्प र गरिमाको रोमान्स

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत ‘तिम्रै लागि हो भने’ सार्वजनिक भएको छ । नवराज न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गरिमा शर्माको रोमान्स देख्न सकिन्छ । युवराज वाइबाको निर्देशन रहेको र प्रेमकथा बुनिएको भिडियोमा निसल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।
धिरेन कुमार रोकाया र मेलीना राइकाे “तारेभिरमा बुकी”
गीत संगीत

धिरेन कुमार रोकाया र मेलीना राइकाे “तारेभिरमा बुकी”

काठमाडौं । नव गायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो ‘तारेभिरमा बुकी’ सार्वजनिक गरेका छन्। रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह(निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। गायक रोकायाको पहिलो प्रयास स्वरूप प्रस्तुत गरिएको यस भिडियोलाई साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्। आगामी दिनमा निरन्तर राम्रा गीत संगीत सार्वजनिक गर्दै जाने गायक रोकायाले बताएका छन्।
१६ जना गायक गायिका एकै ठाउँमा, देशभक्ति गीत ‘मेरो देश नेपाल’
गीत संगीत

१६ जना गायक गायिका एकै ठाउँमा, देशभक्ति गीत ‘मेरो देश नेपाल’

https://youtu.be/fksBos2D1w4 काठमाडौं : नेपालका १६ जना राष्ट्रिय गायक गायिकाको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ। संगीतकार अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको गीतमा राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समीक्षा अधिकारी, किरण भुजेल र प्रवीण बेडवालको स्वर रहेको छ। गीतमा अम्बिका शर्माको शब्द रचना छ। अनिता चलाउनेको प्रस्तुतिमा बनेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका छन्। निर्देशक विधान यति बेला धेरै भिडियो निर्देशनमा व्यस्त छन्। नेप्सिने कम्पनी र द डिभाइन म्युजिकको सहकार्यमा भिडियो बजारमा ल्याइएको हो। भिडियोमा गायक गायिकालगायत गीतकारलाई नै फिचर गरिएको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा र
गायिका बन्न काठ्माडौं छिरेकी युवती अलपत्र: स्वरमा साच्चिकै रहेछ जादु (भिडियो)
गीत संगीत

गायिका बन्न काठ्माडौं छिरेकी युवती अलपत्र: स्वरमा साच्चिकै रहेछ जादु (भिडियो)

सपनानै सपनाको शहर भनेर चिनिने काठ्माडौंमा केहि नगन्य मात्राका सपना पुरा हुन्छन् भने धेरैका सपना यहि खाडलमा हाराउनछन् । झन यतीबेला धेरैका सपना चक्नाचुर नै भएका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अलपत्र परेका छन। यस्तै सपना बोकेर काठ्माडौं छिरेकी एक युवती जसको सुमधुर स्वर छ उनी मिठो गीत गाउँछिन। गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यो लकडाउनको समयमा उनि काठमाडाैँमा अलपत्र परिन्। गत बैशाषमा प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी उनि बसपार्कमा भेटिएकी थिइन। उक्त समयमा उनले मिठो गीत सुनाइन्, उनको स्वरमा साँच्चिकै जादु रहेछ । भिडियो…
पृथ्वीको गीत ‘सरर लिपुलेक’
गीत संगीत

पृथ्वीको गीत ‘सरर लिपुलेक’

काठमाडौं । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि गायक गायिकाले पनि गीत संगीतमा सीमाको विषय समेट्न थालेका छन् । यस्तैमा गायक पृथ्वी खनालले गीत ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । डम्बरको संगीत रहेको गीतमा पृथ्वी र संगीतकार डम्बरकै शब्द रहेको छ । खड्गबहादुर पुन, गायक पृथ्बी र संगीतकार डम्बर अभिनय रहेको भिडियो हरि पुन मगरको निर्देशन गरेका हुन् । भिडियोमा छायाँंकन तथा सम्पादन पिटर गुरुङको रहेको छ ।
नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता
गीत संगीत

नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

काठमाडौं : आर्थर गन उपनामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् रियालिटी सो अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन् । आज विहान भएको अमेरिकन आइडलको १८ औं सिजनको फाइनलमा उनी उपविजेता घोषित भएका हुन् । आइडलमा उपबिजेता हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् । दिवेशले फाइनलमा अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभलको ’ह्याब यु एभर सिन द रेन’ गीत गाएका थिए । विजेता भने लाइबेरियन मूलकी २१ वर्षकी जस्ट साम बनेकी छिन् । उनको वास्तविक नाम भने समान्था डियाज हो । पोखरेललाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । कन्सासको विचिटामा बस्ने दिवेश २ वर्षदेखि संगीतको क्षेत्रमा सक्रिय छन् । उनले सन् २०१९ मा पनि उनले ’कर्णाली’, ’म’, ’खोज’ लगायत गीतहरु रेकर्ड गराएका छन् ।
दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा
गीत संगीत

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

५ जेठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् । टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् । २२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको छ । का
अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिए दिवेश पोखरेल उर्फ आर्थर गन
गीत संगीत

अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिए दिवेश पोखरेल उर्फ आर्थर गन

दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ । निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् । यस्तै अर्का निर्णायक लियोनेल रिचीले पनि उनको प्रशंसा गर्दै भने, ‘तिमीले खासमा फोनबुक पनि गाउन सक्छौ । मैले यसो भनेर तिम्रो प्रशंसा गरिरहेको छु । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, तिमीले जे सुकै गाउ, त्यो आर्थर गन नै सुनिन्छ । र सबैले आफ्नो करियरमा खोज्ने भनेकै यहि हो । यो यात्रामा