Friday, July 10यहालाई स्वागत छ....

ताजा अपडेट

फेरि लकडाउन ? लकडाउनको रणनीति परिवर्तन
ताजा अपडेट

फेरि लकडाउन ? लकडाउनको रणनीति परिवर्तन

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो । लगभग ८० दिन लकडाउन गरेपछि सरकारले पुनः लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमितको ग्राफ भने बढेर जाँदा पुनः लकडाउन हुने सम्भावनाका अड्कल बाजी हुन थालेका छन् । सरकारी अधिकारी भने अब पहिले जस्तो लकडाउन नहुने बताउँछन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अब पहिले जस्तो सोलोडोलो लकडाउन नहुने जनाउँछन् । कतै कोरोना फैलिएर गए त्यो ठाउँ सिल गर्ने गरी अहिले काम भइरहेको उनी बताउँ
पाल्पामा पहिरोले ४ वटा सवारी साधन बगायो, २ जनाको शव भेटियो
ताजा अपडेट

पाल्पामा पहिरोले ४ वटा सवारी साधन बगायो, २ जनाको शव भेटियो

पाल्पा – पाल्पामा पहिरोले सवारी साधन बगाउँदा दुई जनाको शव भेटिएको छ । पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो । घटनास्थलमा दुई पुरुषको शब भेटिएको र एक गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि सात किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारीमा पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु खटिएका छन् । डेढ सय मिटर लामो पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
लकडाउनका ८३ दिन : नेपालमा बलात्कारका तीन सय ७३ घटना
ताजा अपडेट

लकडाउनका ८३ दिन : नेपालमा बलात्कारका तीन सय ७३ घटना

रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए । तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए । तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए । तन्नामा पोका पारिएको अवस्था भेटिएको शव हेर्दा हत्या गरिएको अनुमान सजिलै गर्न सकिन्थ्यो । ‘दाइजोको
असार १ बाट लकडाउन खुकुलो, के खुल्ने, के नखुल्ने ?
ताजा अपडेट

असार १ बाट लकडाउन खुकुलो, के खुल्ने, के नखुल्ने ?

काठमाडौं : सरकारले अत्यावश्यकबाहेक पनि उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर खोल्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण रोग ऐन २०२० को उपदफा २ बमोजिम अब खोलिने र बन्द हुने क्षेत्र निर्धारण गर्दै सरकारले लकडाउन सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी लकडाउन गर्दै आइरहेको थियो । अब सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । निर्णयअनुसार अब सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्काे सिफ्टमा गरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय सरकारले गरेको हो । सार्वजनिक स
यसरी हुदैछ लकडाउन खुकुलो, तयारी अन्तिम चरणमा
ताजा अपडेट

यसरी हुदैछ लकडाउन खुकुलो, तयारी अन्तिम चरणमा

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरूले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको ५ चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरू र विभिन्न मन्त्रीहरूबीच उक्त प्
श्रममन्त्री यादवलाई हृदयघात
ताजा अपडेट

श्रममन्त्री यादवलाई हृदयघात

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि उनको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।
मुम्बईबाट टेम्पोमा आए ४० नेपाली
ताजा अपडेट

मुम्बईबाट टेम्पोमा आए ४० नेपाली

मलंगवा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र भारत सरकारले लकडाउन थप्दै गएपछि दैनिक जीवन कष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् । टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् । उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् । ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए । मुम्बईबाट ५ दिन लगाएर उनीहरु घर आएका छन् । गत मंगलबारबाट टेम्पोमा हिँडेका उनीहरु शनिबार बिहान नेपाल भारत सीमा नजिकैको सोनवर्षा बजारमा आइपुगेका थिए । मुम्बईमा संक्रमण बढ्दै ग
प्रधानमन्त्री ओलीले भने ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’
ताजा अपडेट

प्रधानमन्त्री ओलीले भने ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्ष लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेका छन् । उनले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको उल्लेख गरेका छन् । ‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशरि जान बाध्य भए,’ प्रधानमन्त्री ओलीले युवा दिवसमा शुभकामना दिदै भने, ‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि बिदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर छौं ।’ तत्कालिन नेकपा एमाले र माओवादीबीच एकीकरणको बुँदामा जनयुद्ध शब्द राखेर यसले योगदान र उपलब्धि हासिल गरेको उल्लेख गरिएको अवस्थामा प्रधानमन्त्री ओलीले हिंसात्मक द्वन्द्व उल्लेख गर्दै युवा पलायनको कारण भन्नुलाई अर्थपूर्ण मानिएको छ । ओली विगतमा पनि माओव
१२ वर्षीया बालिका बलात्कार आरोपमा बालक पक्राउ
ताजा अपडेट

१२ वर्षीया बालिका बलात्कार आरोपमा बालक पक्राउ

दैलेख : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ। प्रहरीले नौमूले गाउँपालिका-६ का १६ वर्षीया बालकलाई पक्राउ गरेको हो। पीडित पक्षले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए। गत वैशाख २७ गते गोठाला गएको बेला बलात्कार भएको बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो।
बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…
ताजा अपडेट

बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…

विराटनगर : एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे। घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए। प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले। त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्। वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्र