Saturday, September 26यहालाई स्वागत छ....

ताजा अपडेट

मुम्बईबाट टेम्पोमा आए ४० नेपाली
ताजा अपडेट

मुम्बईबाट टेम्पोमा आए ४० नेपाली

मलंगवा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र भारत सरकारले लकडाउन थप्दै गएपछि दैनिक जीवन कष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् । टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् । उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् । ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए । मुम्बईबाट ५ दिन लगाएर उनीहरु घर आएका छन् । गत मंगलबारबाट टेम्पोमा हिँडेका उनीहरु शनिबार बिहान नेपाल भारत सीमा नजिकैको सोनवर्षा बजारमा आइपुगेका थिए । मुम्बईमा संक्रमण बढ्दै ग
प्रधानमन्त्री ओलीले भने ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’
ताजा अपडेट

प्रधानमन्त्री ओलीले भने ‘माओवादी जनयुद्ध’ लाई युवा पलायन गराउने ‘हिंसात्मक द्वन्द्व’

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले दश वर्ष लामो ‘माओवादी जनयुद्ध’लाई ‘हिंसात्मक द्वन्द्व’ भनेका छन् । उनले हिंसात्मक द्वन्द्वले लाखौं युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको उल्लेख गरेका छन् । ‘विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्वन्द्वले लाखौं नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशरि जान बाध्य भए,’ प्रधानमन्त्री ओलीले युवा दिवसमा शुभकामना दिदै भने, ‘अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि बिदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर छौं ।’ तत्कालिन नेकपा एमाले र माओवादीबीच एकीकरणको बुँदामा जनयुद्ध शब्द राखेर यसले योगदान र उपलब्धि हासिल गरेको उल्लेख गरिएको अवस्थामा प्रधानमन्त्री ओलीले हिंसात्मक द्वन्द्व उल्लेख गर्दै युवा पलायनको कारण भन्नुलाई अर्थपूर्ण मानिएको छ । ओली विगतमा पनि माओव
१२ वर्षीया बालिका बलात्कार आरोपमा बालक पक्राउ
ताजा अपडेट

१२ वर्षीया बालिका बलात्कार आरोपमा बालक पक्राउ

दैलेख : १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ। प्रहरीले नौमूले गाउँपालिका-६ का १६ वर्षीया बालकलाई पक्राउ गरेको हो। पीडित पक्षले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए। गत वैशाख २७ गते गोठाला गएको बेला बलात्कार भएको बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो।
बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…
ताजा अपडेट

बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…

विराटनगर : एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे। घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए। प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले। त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्। वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्र
कोरोना संक्रमित भारतबाट लुकेर नेपाल प्रवेश गरेको खुलासा
ताजा अपडेट

कोरोना संक्रमित भारतबाट लुकेर नेपाल प्रवेश गरेको खुलासा

नवलपरासी, जेठ १ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि दिदीको घर भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा तीन दिन बिताएर नेपाल प्रवेश गरेका थिए । संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । जिल्लामा क
थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४५ पुग्यो
ताजा अपडेट

थप दुई जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं : बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको हो। उनका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिलालाई संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। यस अगाडि बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार बुधबार संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र  ४, १०, २८ वर्षीय महिला छन्। त्यसैगरी  कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरु
कालापानी क्षेत्रमा तत्कालै सशस्त्र प्रहरी खटाइने
ताजा अपडेट

कालापानी क्षेत्रमा तत्कालै सशस्त्र प्रहरी खटाइने

दार्चुला, बैशाख २९ । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ।गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो। बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए।गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,ु उनले भने। बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ। अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५
जोसमा होस गुमाउँदा गण्डकी प्रदेशका सांसद थापाको पद चट हुँदै !
ताजा अपडेट

जोसमा होस गुमाउँदा गण्डकी प्रदेशका सांसद थापाको पद चट हुँदै !

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ । नेकपा निकट दलित नेता एवं संगठनले शुक्रबार सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् । उजुरीमा उक्त विज्ञप्तिको भर्त्सना गर्दै पार्टी विधानबमोजिम सांसद थापालाई कारबाही गर्न माग गरेको नेकपाका प्रदेश समितिका एक सदस्यले बताए । सांसदको लेटरप्याड दुरुपयोग गरेर विभेदजन्य घटनामा आबद्धलाई बिनासर्त रिहाइ गर्ने माग गर्नु र दलित अधिकारकर्मीलाई उच्छृंखल तत्व भन्नु खेदजनक छ,’ ती नेताले भने, ‘पार्टीको अन्तरिम विधान–२०७५ को धारा ५६ अनुसार कारबाही गर्न माग गरेका छौं ।’ झन्डै ८० दलित नेता क
नयाँ नक्सा सार्वजनिक गर्न तयार छौं : भूमि मन्त्रालय
ताजा अपडेट

नयाँ नक्सा सार्वजनिक गर्न तयार छौं : भूमि मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गर्न तयार रहेको बताएको छ । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरे पनि नेपालले आफ्नोतर्फबाट केही गर्न नसकेको भनी आलोचना भइरहेका बेला मन्त्रालयले लिम्पियाधुरा (कालापानी र लिपुलेक) समेटिएको नक्सा सार्वजनिक गर्ने बताएको हो । भूमि मन्त्रालयका सचिव केदार न्यौपानेले लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न मन्त्रालय तयार रहेको जानकारी दिए । तर, त्यसका लागि उचित वातावरण आवश्यक रहेको उनले बताए । ‘सबै मिलेको अवस्थामा भूमि नाप्न र नयाँ नक्सा सार्वजनिक गर्न मन्त्रालय तयार छ,’ सचिव न्यौपानेले आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा भने । सीमा विवाद चर्किएपछि सरकारले गत मंसिर पहिलो हप्ता नेपाल–भारत र नेपाल–चीनको सीमा निरीक्षण गर्न समिति ग
१२ वर्षमा ११ प्रधानमन्त्री फेरिए भारतले कालापानीमा सडक बनाईरह्यो
ताजा अपडेट

१२ वर्षमा ११ प्रधानमन्त्री फेरिए भारतले कालापानीमा सडक बनाईरह्यो

भारतले नेपाली भूमि कालापानी क्षेत्रमा सडक बनाएको भनेर देश तरंगित मात्र भएको छैन, सरकारले समेत आश्चर्य प्रकट गरेको छ । भारतले यो सडक रातारात बनाएको होइन, सन् २००८ मा नै निर्माण सुरु गरेको हो । नेपाली भूमिमा सयौँ मजदुर र डोजर परिचालन गरेर १२ वर्षसम्म विदेशीले सडक खन्दा हाम्रा सुरक्षा र गुप्तचर संयन्त्र कहाँ थिए ? तिनले के रिपोर्टिङ गरिरहेका थिए ? सरकार के गरिरहेको थियो ? स्वाभाविक प्रश्न उठेको छ । गुप्तचरीका लागि नै भनेर नेपालमा राष्ट्रिय अनुसन्धान विभाग छ । जहाँ नेपाल प्रहरीको जस्तै संरचना छ । प्रहरीको आइजिपीजस्तै मुख्य अनुसन्धान निर्देशक, एआइजीजस्तै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकदेखि हवल्दार र सिपाही तहसम्मका कर्मचारी छन् । यो संगठनमा अहिले दुई हजार दुई सय कर्मचारी छन् । अनुसन्धान विभागका कर्मचारीका लागि तलब र प्रशासनिक खर्चबाहेक थप पाँच करोड बजेट हुन्छ । यो खर्च विभागका हाकिमहरूले क