नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ। सन्दीपले ट्वीटरमा दिएको जानकारीअनुसार क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए। सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्। अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न […]
Read Moreआईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी-२० विश्वकप विश्वकप सपना यो संस्करणका लागि सकिएको छ । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेकाे छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको छ । सिंगापुर भने […]
Read Moreकाठमाडौं । सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतमाथि ७ विकेटको सानदार जीत हात पारेको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो । नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन जोड्यो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा पुरा […]
Read Moreसाउन ९, २०७६ चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । बिहीवार उद्योग वाणिज्य संघ, चितवनद्वारा आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको उपस्थितिमा संघले उक्त रकमको चेक धुर्मुस-सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तारन्तरण गरेको हो । क्रिकेट रंगशाला निर्माणमा जुटिरहेको फाउन्डेसनलाई व्यक्ति […]
Read Moreकाठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गरेको छ । नियमित कप्तान पारस खड्का चोटिल भएपछि कप्तानी सम्हालेका मल्लले कप्तानी इनिङ खेलेका हुन् । मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए । नेपालले टी–२० मा बनाएको […]
Read Moreगत जेठ १५ गतेदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य मंगलबारबाट शुरु गरिने भएको छ । स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रंगशालाको काम रोकिएको थियो । सीताराम कट्टेल ९धुर्मुस० तथा कुञ्जना घिमिरे ९सुन्तली० फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रंगशाला निर्माण थालिएको हो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले मंगलबारबाट काम शुरु गर्न लागिएको […]
Read Moreमलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का र आठ चौका हिर्काए । शरद भेष्वाकर १६ रन बनाएर नट आउट […]
Read Moreप्रेस विज्ञप्ती आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना हो । यस परियोजनाको अस्थायी बारमा गत जेष्ठ १५ गते एकाबिहानै डोजर प्रयोग गरी अराजकता प्रदर्शन गरिएको असामान्य घटना सबैमा जगजाहेर नै […]
Read Moreएजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो । ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका लागि रबिन्द्र […]
Read Moreएजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमै रोकिएपछि अष्ट्रेलियाको जित भएको हो । योसँगै अष्ट्रेलिया फाइनलका लागि अघि बढ्नेको छ । […]
Read More