Monday, May 25यहालाई स्वागत छ....

विश्व खबर

इजरायलमा चिनियाँ राजदूतको रहस्यमय मृत्यु, बेडमा शव
विश्व खबर

इजरायलमा चिनियाँ राजदूतको रहस्यमय मृत्यु, बेडमा शव

एजेन्सी, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत मृत फेला परेका छन् । राजदूत दु वी तेल अभिभस्थित अपार्टमेन्टमा आज मृत फेला परेका हुन् । ५८ वर्षीय राजदूत वी पलङमा मृत फेला परेको र मृत्युको कारण नखुलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी यसअघि युक्रेनका लागि चीनका राजदूत थिए । घटना हुँदा परिवार साथमा थिएनन् । उनकी पत्नी र छोरा रहेको बताइएको छ ।
अमेरिकामा तीन महिनाभित्र १ लाख ४७ हजारको ज्यान जानसक्ने
विश्व खबर

अमेरिकामा तीन महिनाभित्र १ लाख ४७ हजारको ज्यान जानसक्ने

युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ । आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको सत्रंmमणका कारण हुने मृत्युको विषयमा आइएचएमईको यो अनुमान पहिलेको भन्दा १० हजार बढी छ । आइएचएमईका अनुसन्धानकर्ताले संक्रमण रोक्नका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकामा हालसम्म कोरोनाभाइरसले ८२ हजार २ सय ४६ को ज्यान लिइसकेको छ । आइएचएमईको यो अनुमानले स्पष्ट रुपमा बताउँछ कि अमेरिकामा संकट लगातार गहिरिँदै छ । स्रोतः बीबीसी
कोरोना अपडेटः भाइरस ट्रेसिङमा सहयोग गरेपछि यौनकर्मीको तारिफ
विश्व खबर

कोरोना अपडेटः भाइरस ट्रेसिङमा सहयोग गरेपछि यौनकर्मीको तारिफ

जाम्बियाका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरसको समयमा भाइरस ट्रेसिङमा मद्दत गर्नका लागि जाम्बियाका यौनकर्मीको तारिफ गरेका छन् । सीमासँग जोडिएको इलाका नाकोन्डेमा भाइरस ट्रेसिङको काममा मद्दत गरेकोमा मन्त्रीले यी यौनकर्मीको प्रशंसा गरेका छन् । हालै उत्तरी इलाकामा थुप्रै दर्जन संक्रमित भेटिएका छन् । जसमध्ये धेरैजसो यौनकर्मी र लरी ड्राइभरसँग सम्बन्धित थिए । देशका स्वास्थ्यमन्त्रीले यी यौनकर्मीको समूहको प्रशंसा गर्दै यो समूदायले भाइरस ट्रेस गर्न अधिकारीलाई मद्दत गरिरहेका छन् । जाम्बियाका स्वास्थ्यमन्त्रीले उत्तरी प्रान्तमा भेटिएका ८५ मध्ये ७६ संक्रमित कि त यौनकर्मी कि लरी ड्राइभर भएको बताएका छन् । स्वास्थ्यमन्त्री शितालु शिलुफ्याले यौनकर्मीले निकै सहयोग गरिरहेको बताए । उनले भने, ‘उनीहरुले हामीलाई ती हरेक जानकारी दिइरहेका छन् जुन हामीलाई आवश्यक छ ।’
चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे सूचना
विश्व खबर

चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे सूचना

काठमाडौँ । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ ।
सिक्किममा चीन र भारतीय सैनिकबीच झडप
विश्व खबर

सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जानकारी दिएको छ । उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएको बताइन्छ । सेनाको स्रोतलाई उद्धृत गर्दै स्रोतले दुई देशका सैनिक यतिबेला निकै आक्रामक व्यवहार देखिएको बताएको छ । यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको बताइन्छ । मिडिया रिपोर्टका अनुसार उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए । भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आएता पनि यसपटकको झगडा निकै लामो समयपछि भएको बताए । दुई देशका सेनाले यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको जानकारी दिए ।